भारतमा पेट्रोलको मूल्य तीन वर्ष यताकै उच्च

नयाँ दिल्ली । कोरोना महामारीका कारण विश्वव्यापी उत्पादन प्रभावित भएपछि इन्धनको मूल्य बढेको छ । भारतमा पछिल्लो तीन वर्ष यताकै उच्च विन्दुमा पेट्रोलको मुल्य पुगेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य १०२ रुपैयाँ १४ पैसा प्रति लिटर पुगेको छ । पेट्रोलको मूल्य दिल्लीभन्दा बढी मुम्बईमा १०८ रुपैयाँ १९ पैसा प्रतिलिटर छ ।

शनिबार पेट्रोल मूल्यमा २५ पैसा र डिजलको मूल्यमा ३० पैसा बढाएको जनाइएको छ । पछिल्लो एक हप्तामा पेट्रोलको मूल्य चार पटक बढाइएको हो । यहाँ डिजलको मूल्य पनि सय नजिक पुगेको छ ।

दिल्लीमा डिजलको मूल्या ९० रुपैयाँ ४७ पैसा र मुम्बईमा ९८ रुपैयाँ १६ पैसा प्रति लिटर पुगेको छ ।

याे पनि हेर्नुस्
Loading...