Khabar Board

एमाले अधिवेशन अपडेटः ५६ जिल्लामा नेतृत्व चयन, को कहाँ (सूचीसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जिल्ला अधिवेशन जारी छन्। हालसम्म ७७ मध्ये ५६ जिल्लाको परिणाम आएको छ।

दैलेखमा खसेको मतभन्दा बढी मत फेला परेपछि निर्वाचन प्रक्रिया रद्द भएको हो। सिन्धुपाल्चोक र चितवनको अधिवेशन उद्घाटन भए पनि बन्दसत्र अझै सुरू भएको छैन।

केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदाननै भएका छैनन् केही जिल्लामा मतगणनाको क्रममा छ। हालसम्म प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का सप्तरी र सिराहा, बागमती प्रदेशका ११ जिल्ला, गण्डकीका ९, लुम्बिनीका १० , कर्णाली र सुदूर पश्चिमका ६-६ जिल्लाका अधिवेशन सकिएका छन्।

यस्तै गैर भोगोलिक अन्तर्गत मजदुर र पेशागत अध्यक्ष चयन भइसकेका छन्।

यी हुन् हालसम्म निर्वाचित जिल्लाका अध्यक्ष-

प्रदेश १

१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. इलाम- महेश बस्नेत
८. भोजपुर – शरणकुमार राई
९. ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे
१०. उदयपुर- प्रमेश्वर घिमिरे
११. ओखलढुंगा–शंकर कटुवाल
१२. सोलुखुम्बु- डुफकुमार बास्तोला

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी
२. सिरहा- बिन्देश्वर मण्डल

वागमती

१. काठमाडौं – दीपक निरौला
२. ललितपुर – पुरुषोतम आचार्य
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. धादिङ – भूमि त्रिपाठी
९. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
१०. सिन्धुली- कुमारबहादुर कार्की
११. दोलखा: नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ- हिराबहादुर केसी
६. पर्वत–राजु पौडेल
७‍. नवलपुर–मुक्ती पाण्डे
८. स्याङ्जा – सूर्य प्रसाद गैरे
९. कास्की- मनबहादुर गुरुङ

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाँची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
४. रुकुम- नन्दराम देवकोटा
५ जाजरकोट – खिमबहादुर शाही
६. सुर्खेत- अमृत बिसी

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी- सुरेन्द्र पाल
३. डोटी-चक्र मल्ल
४. कैलाली- रतन थापा
५. दार्चुला- प्रेमसिंह धामी
६. बाजुरा- कालीबहादुर शाही

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.