७४ जिल्लामा निषेधाज्ञा : कुन जिल्लामा कहिलेदेखि कति दिनसम्म निषेधाज्ञा? (सुचीसहित)

काठमाडौं – कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् ।

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् । हाल
मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा छ ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौं उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

news center of article

हिमाली जिल्ला मनाङमा निषेधाज्ञा लगाउनुपर्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन् । ‘यहाँ मान्छे थोरै छ, संक्रमण फैलिने जोखिम छैन, त्यसैले अहिलेसम्म निषेधाज्ञा लगाएका छैनौं’ उनले भनिन् ।

त्यस्तै कास्की, कञ्चनपुरमा जेठ ७ गतेसम्मको लागि निषेधाज्ञा छ। कैलाली र पर्सामा जेठ ६ गतेसम्म थप गरेर निषेधाज्ञाको समय बढाइएको हो। रोल्पा र पाँचथरमा भने थप गरेर जेठ १७ गतेसम्म निषेधाज्ञा गरिएको छ। त्यस्तै निषेधाज्ञा भएका अन्य जिल्लाहरूमा पनि पटक पटक गरेर जेठ १५ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ।

याे पनि हेर्नुस्
Loading...