नेपालमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट कत्तिको खतरनाक ?

काठमाडौं– मंगलबार नेपालमा पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्टमध्येको एक (बी.१.६१७.२) ले सबैको चिन्ता बढाएको छ ।

किनभने यो भाइरस नेपालमा मात्र होइन भारतहुँदै विभिन्न ४० वटा देशसम्म फैलिसकेको बताइन्छ ।

अहिले आएर यही भेरियन्टका बारेमा भारत र सिंगापुरबीच एक प्रकारको कूटनीतिक वहस समेत छेडिएको छ ।

वास्तवमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सिंगापुरको भेरियन्टप्रति चिन्ता व्यक्त गरेका थिए, जसका कारण सिंगापुर भारतप्रति नै रुष्ट भएको छ ।

सिंगापुरको भनाइ के छ भने उसको देशमा कुनै नयाँ भेरियन्ट फेला परेको होइन, भारतमै भएको भेरियन्ट सिंगापुरमा पनि भेटिएको हो ।

मंगलबार नै नेपालमा समेत पुष्टि भएको उक्त भेरियन्टका बारेमा केही जानकारी :

वास्तवमा, नेपालमा समेत पुष्टि भएको तथा केजरीवालले सिंगापुरको जुन भेरियन्टका बारेमा सवाल उठाएका थिए, त्यो सिंगापुरमा पैदा भएको होइन ।

सिंगापुर सरकारको दावी के छ भने त्यो कुनै नयाँ भेरियन्ट होइन, उल्टो भारतमै भएको बि.१.६१७.२ बाटै धेरै जना संक्रमित भैरहेका छन् ।

सिंगापुर सरकारका अनुसार यो भेरियन्ट सबैभन्दा पहिला भारतमै फेला परेको हो, त्यसपछि विभिन्न देशसम्म पुगेको हो ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले जनाए अनुसरा कोरोनाको बि.१.६१७.२ भेरियन्ट बालबालिकाहरुका लागि खतरनाक सावित भैरहेको छ ।

सिंगापुरमा कोरोनाका नयाँ लहरका बीच बालबालिकाहरु संक्रमित भैरहेको छन् ।

news center of article

त्यसपछि सिंगापुर सरकारले सबै विद्यालयहरु बन्द गर्ने आदेश दिएको छ ।

त्यसो त, सिंगापुरले के पनि भनेको छ भने जो बच्चाहरुमा यो भेरियन्ट पाइएको छ, उनीहरु गम्भिर रुपले पीडित छैनन् ।

कत्तिको खतरनाक छ यो भेरियन्ट ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बि.१.६१७.२ भेरियन्ट अहिलेसम्म ४० भन्दा बढी देशमा फेला परिसकेको छ, जुन कुरा निकै चिन्ताजनक छ ।

यो भेरियन्ट कत्तिको खतरनाक छ भन्ने बारेमा अहिले अनुसन्धान भैरहेको छ ।

विशेषज्ञहरुका अनुसार यो भेरियन्ट दक्षिण अफ्रिका तथा ब्राजीलमा फेला परेको भेरियन्टसंग मेल खान्छ ।

प्रारम्भिक जानकारी अनुसार यो भाइरसले शरीरमा पैदा भएको एन्डिबडीलाई समेत निष्कृय बनाउँछ, जसका कारण कुनै पनि व्यक्ति कोभिडको चपेटामा आउन सक्छ ।

त्यसो त राहतको कुरा के छ भने भारत बायोटेकले के दावी गरेको छ भने उसको कोभ्याक्सिन भारत अथवा बेलायतमा पाइएको नयाँ भेरियन्टमा पनि प्रभावकारी सावित हुनेछ ।

यतिबेला नेपाल, भारतसहित अधिकांश देशहरु यो नयाँ भेरियन्टप्रति सजग भएका छन् ।

सिंगापुरमा जसरी बालबालिकामा यसको प्रभाव देखिएको छ, यस्तो बेलामा नेपालमा पनि सतर्कता अपाउनु अति नै अनिवार्य भएको छ ।

त्यसो त यसअघि नै वैज्ञानिकहरुले कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छन्, यस्तो बेला आजैदेथि थप सतर्कता अपनाउनु अनिवार्य छ ।

याे पनि हेर्नुस्
Loading...