गृहमन्त्री थापासहित ७ मन्त्रीको नियुक्ती बदर गर्न सर्वोच्चको आदेश (सूचनासहित)

काठमाडौं – वर्तमान सरकारका ७ मन्त्रीहरुको पद बदर हुने भएको छ ।

सर्वोच्च अदालतले बिहीवार (आज) सात जना मन्त्रीको नियुक्तीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै नियुक्ती बदर गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतको फागुन २३ गते पार्टी (एमाले र माओवादी केन्द्र) अलग अलग गर्ने आदेश दिएपनि माओवादी केन्द्रका केहि सांसदहरु एमालेमा नै बसेका थिए । पार्टीको निर्देशन विपरित काम गरेको भन्दै माओवादी केन्द्रले सांसद पदबाट हटाएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पुनः मन्त्री नियुक्त गरेका थिए ।

news center of article

त्यसविरुद्ध परेको रिटमा सुनुवाई गर्दै आज प्रधानन्यायीश चोलेन्द्र शमशेर राणाको एकले इजलासले गृहमन्त्री रामबहादुर थापा बादलसहित संघीय संसदको सांसद नरहेका मन्त्रीहरुको नियुक्तीलाई संविधानको धारा ७८ अनुसार बदर गर्ने आदेश दिएको हो ।

सर्वोच्चले गृहमन्त्री थापासहित उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, खानेपानीमन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा रहेका छन् ।

याे पनि हेर्नुस्
Loading...