७७ वटै जिल्ला प्रशासनहरुलाई गृह मन्त्रालयको निर्देशन : घरबाहिर निस्कन नदिनू

काठमाडौं । सरकारले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन भनेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।

गृहप्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडा बनाउने काठमाडौं जिल्ला प्रशासनको योजना छ ।

news center of article

जरिवाना हुने भयो
– सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने,
– बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने
– अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कार्वाही गर्नसक्ने
– दुईपांग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने

याे पनि हेर्नुस्
Loading...