२ हजार १०२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? (सूचिसहित)

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १०२ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ६४५ कोरोना संक्रमितको आईसीयूमा र ४५७ को भेन्टिलेटरमा गरी कुल २ हजार १०२ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार

१. प्रदेश १ मा २१० जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् ।

२. प्रदेश २ मा १८८ आईसीयूमा र ४२ जनाको भेन्टिलेटर उपचार भइरहेको छ।

ad

३. बागमती प्रदेशमा ८०७ जना आईसीयूमा र २८७ जना भेन्टिलेटरमा छन्।

४. गण्डकी प्रदेशमा १५६ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा छन्।

५. लुम्बिनी प्रदेशमा १८४ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा छन्।

६. कर्णालीमा ५५ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा छन्।

७. सुदूरपश्चिम प्रदेशमा ४५ जना आईसीयू र १४ जना भेन्टिलेटरमा रहेका छन्।

याे पनि हेर्नुस्
Loading...