सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप १५४ जनामा कोरोना संक्रमण (बिबरणसहित)

धनगढी – मंगलबार सेती प्रादेशिक अस्पतालमा थप १५४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा अस्पतालमा ३५५ जनाको नमुना परीक्षण गर्दा थप १५४ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

उनका अनुसार धनगढीका मात्रै ५१ जना, धनगढी बाहेक कैलालीका ५७ र अन्य जिल्लाका ४६ जना गरि १५४ जनामा संक्रमण पुस्टि भएको हो।

पछिल्लो २१ घण्टामा सेती प्रादेशिक अस्पतालबाट ९ जना निको भएर घर फर्किएका छन् भने १० जना नयाँ संक्रमित थपिएका छन् ।

हाल अस्पतालमा ३३ जना संक्रमित उपचाररत छन्। १२ जना आईसीयूमा, ३ जना भेन्टिलेटरमा र २० जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...