सुदुर-पश्चिमका काठमाडौंमा रहेका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

६ आसर, काठमाडौं । सुदुर-पश्चिम बाट काठमाडौंमा अध्ययनको क्रममा रहि समस्यामा परेका विद्यार्थीलाई आज खाद्यान्न बितरण गरिएको छ ।

सुदुर-पश्चिमका सबै जिल्लाबाट काठमाडौंमा अध्ययनको लागि रहेका विद्यार्थीहरुलाई विद्यार्थी नेता रिजन मडैको पहलमा बितरण गरिएको हो।

कृतिपुर नगरपालिका वार्ड-४ का अध्यक्ष राजेन्द्र बानियाको सहयोगमा बितरण गरिएको विद्यार्थी नेता किशोर बोहराले बताएका छन।

विद्यार्थीहरुले बसेकै ठाँउमा गएर गाह्रो परेकालाई सहयोग गर्न पाउँदा खुसी लागेको वार्ड अध्यक्ष राजेन्द्र बानियाले बताएका छन । खाद्यान्न बितरण कार्यको सहजीकरण संगै यातायातको व्यवस्थापन रेडक्रस उप शाखा सभापति सन्जिब बस्नेतले गर्नुभएको हो।

काठमाडौमा अप्ठ्यारोमा रहेका विद्यार्थीलाई खाद्यान्न, तेल, नुन लगायत खाद्यान्न सामाग्री सहयोग गरिएको सुवास मडैले बताएका छन । विद्यार्थीहरु रहेकै ठाँउमा गएर खाद्यान्न बितरण गरिएको हो।

याे पनि हेर्नुस्
Loading...