कोरोना कहर : विश्वभर मृत्यु हुनेको ४० लाख नाघ्यो, १६६ दिनमा २० लाखले ज्यान गुमाए

काठमाडौं । समाचार एजेन्सी रोयटर्सका अनुसार कोरोना भाईरसका कारण हालसम्म विश्वभर ४० लाख भन्दा बढि मानिसको मृत्यु भैसकेको छ भने करिब १८ करोड मानिस यसबाट संक्रमित भैसकेका छन् ।

अहिले पनि यो भाईरस तिव्र गतिमा फैलने क्रम जारी छ । त्यसको उदाहरण दैनिक ४ लाख नयाँ संक्रमित थपिनु तथा दैनिक १० हजार मानिसले संक्रमणका कारण ज्यान गुमाउनु हो । यद्यपि अहिले केही महिना पहिलेसम्म कोरोना हटस्पट मानिएका तथा सर्वाधिक मानिसले ज्यान गुमाएका अमेरिका तथा ब्राजीलमा नयाँ संक्रमित देखा पर्ने तथा मृत्यु हुने क्रम घटेको छ ।

रोईयटर्सका अनुसार कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २० लाख पुग्न सुरुमा एक वर्ष लाग्यो भने पछिल्लो १ सय ६६ दिनमै थप २० लाख मानिसको मृत्यु भयो । त्यसमा पनि आधाजसो मृत्यु पाँच वटा देशमा भएको छ । ती देश हुन- संयुक्त राज्य अमेरिका, ब्राजील, भारत, रूस तथा मेक्सिको । मृत्युदरका हिसाबले भने पेरू, हंगरी, बोस्निया, चेक रिपब्लिक तथा जिब्राल्टर सबैभन्दा माथि छन्।

छिमेकी मुलुक भारत तथा दक्षिण अमेरिकी देश ब्राजील यस्ता देश हुन जहाँ प्रत्येकक दिन मृत्युको नयाँ रेकर्ड कायम भैरहेको छ । समाचारमा जनाईए अनुसार संसारभर हुने प्रतेक तीन मृत्युमध्ये एक मृत्युु भारतमा भैरहेको छ । जसका कारण कैयन देश दाह संस्कार र शव व्यवस्थापनको समस्याबाट गुज्रिरहेका खबरहरु आइरहेका छन् ।

यद्यपि कैयन स्वास्थ्य विशेषज्ञहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको कोरोना संक्रमित तथा मृतकहरुको तथ्यांकमा प्रश्न उठाउँदै कोरोनाबाट भएको मृत्युको वास्तविक संख्या अझ बढि भएको दाबि गर्दै आएका छन्।

याे पनि हेर्नुस्
Loading...