थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु

८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

१३ हजार ६९८ जनाको आरटी–पीसीआर गर्दा १ हजार ९८२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै आज थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ।

ad

मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७६ हजार ७०८ र एन्टिजेन परीक्षणबाट ५३ हजार ४३८ जनामा कोरोना संक्रमण देखिएको छ।

हालसम्म ६ लाख ३९ हजार ३६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

याे पनि हेर्नुस्
Loading...