किन आउँछ आँखामा आशुँ, यस्ता छन् कारणहरु

काठमाडौं । शरीरमा कुनै चोट, कुनै पीडा वा मानिस भावुक बन्यो भने आशु आउँछ । रुनै पर्छ भन्ने छैन । आखाँमा अचानक आशु आउँछ । कतिपय अवस्थामा हावामा बस्दा, लगातार उज्यालो हेर्दा पनि आशु आउँछ । किन आशु आउँछ ?

आँशु आँखाको कोर्नियाको सुरक्षाकालागि शरीरमा बनेको विलक्षण सुरक्षा प्रणाली हो । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ । पहिलो, आँखामा रहेको दुइवटा ल्याकरुम ग्रन्थीबाट निस्कने आँशुले आँखाको कोर्नियालाई सफा राख्न र यसमा परेका बाहिरी बस्तुहरुलाई बगाएर बाहिर निकाल्न मद्दत गर्दछ ।

यस्तै अर्को, आँशुमा रहेको लाइसोसाइम नामक विशेष इनजाइमले व्यक्टोरियाहरुलाई मारिदिने काम गर्छ र आखाँमा हुन वा रोग लाग्नबाट बचाउँछ ।

त्यही इनजाइमको कारण आँशुको स्वाद नूनिलो हुन्छ । आँशु आँखाको दानलाई ढाक्ने पातलो झिल्ली जसलाई कन्जकटाइभा भनिन्छ त्यसमाथि बग्दछ र आँखाको भित्री कुनामा रहेको नलीमा जम्मा भएर बाहिर निस्कन्छ ।

आँशु बग्ने कारणहरुलाई निम्नअनुसार छन् ।

१. मनोजन्य उत्तेजनाः रुँदा र हाँस्दा ।
२. कर्निया वा कन्जुक्टाइभामा इरिटेशन भएमा, सुजन भएमा, पिरो भएमा, धुँवा भएमा ।
३. हाइ गर्दा, खोकी लाग्दा,रुघा लाग्दा, उल्टी हुँदा ।
४. चहकिला उज्यालोमा पनि आँसु आउने गर्दछ ।

आँशु बग्ने बाटो बन्द भएमा :

१. जन्मजात बाटो बन्द भएमा
२. क्यानालीकुलाइटिस, डाक्रोसिस्टाइटिस, आँशु ग्रन्थीमा क्यान्सर भएमा ।
३. नाकका रोगहरु :पोष्लिप, ट्युमर ।
४.लैक्रमिल पम्प फैलियरः बैल्स पाल्सी एक्टेपियन ।

मुल्याङ्कन

news center of article

१.आँशु नली बन्द भएकोमा एकापट्टीको आँखाबाट मात्र आँशु बग्छ । यो कुनै पनि इरिटेशनसँग सम्बन्धित हुँदैन । चिलाउँदा वा प्रकाशसँग पनि सम्बन्धित हुँदैन ।
२. बेल्स पिल्सको वृत्तान्त बढी महत्वपुर्ण छ । यसले लेक्रिमल पम्प फेल भएको जनाउँदछ ।

लक्षणहरुः  रातीको बेलामा र बिहान उठ्ने बित्तिकै बढी आँखा सुख्खा हुन्छ । आँखा बिझाउने, आँखामा बालुवा परेको जस्तो हुने, एकछिन आँखा तिरमिराउने, म्यूकस, उज्यालोमा हेन नसकिने, हावा सहन नसक्ने हुन्छ ।

विशेष परीक्षण :

१. कोठाको तापक्रम घटाउने
२. गगल्स लगाउने
३. आँशुको बदला कृक्रिम आँशु राख्ने

उपचार

१० पटक दिनमा ४ पटकका दरले औँलाले कोषबाट नाकसम्म चोर औँलाले थिच्दै मालिस गर्ने । यो प्रक्रिया अपनाउँदा ६ महिनासम्ममा सुधार हुन्छ । कुनै सर्जनले १ वर्षसम्म पनि मालिस गर्न सल्लाह दिँदै आएका छन् । एन्टिवायोटिक्समा सल्फासेटामाइक वा क्क्लोरामफेनिकल प्रयोग गरिन्छ । ९०–९५ प्रतिशतसम्म यो प्रविधिबाट ठीक हुने गरेको विज्ञ बताउँछन् । यदि ठीक नभएमा १०–१२ महिनाको उमेरमा पुरै बेहोस गरेर प्रोविङ्ग गरिन्छ । प्रोविङ्गबाट पनि ठीक नभएमा सीलिकन ट्युब ६ महिनासम्म राखिन्छ ।

आशुँ बगिरहने उपचार नगरे के हुन्छ त ?

१. दीर्धकालीन कन्जुक्टिभाइटिस
२.एक्कासी वा दीर्घकालीन कन्जुक्टिभाइटिस
३. लेक्रिमल एब्सेस
४. अर्विटल र फेसियल सेलुलाइटिस
५. लेक्रिमल ओष्टीओमाइलेटिस
६. कर्नियल अल्सर

याे पनि हेर्नुस्
Loading...