५० वर्ष पुगेकाहरुलाई आज खोप लगाइँदै, खोप केन्द्रको सूचीसहित

१४ सााउन, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ।

स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलाई पहिलो मात्राको खोप लगाइनेछ।

news center of article

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ। अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ।

खोप लगाउन आवश्यक पर्ने नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्रसहित बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा जान सकिने महानगरपालिकाले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...