बैतडीमा कोरोना विरुद्धको खोप साउन १७ देखि लगाइने

४ साउन, बैतडी । बैतडीमा साउन १७ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ । १७ गतेबाट भेरोसेल खोपको पहिलो मात्रा ५५ देखि ६० बर्ष उमेर समूहका सबै नागरिक, विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापकहरु, सवारी साधनका चालक र सहचालकहरुलाई लगाइने भएको हो ।

खोपका लागि ८४ ओटै वडामा खोप केन्द्र तोकिएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार साउन १७ र १८ गते पाटन नगरपालिका, डीलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप दिइने छ । यस्तै साउन १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा, साउन २० र २१ गते पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप लगाइने छ ।

news center of article

खोप लगाउन जादा तोकिएको खोप केन्द्रमा आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित उपस्थित हुन पर्ने छ । बैतडीमा खोप अभियानका लागि १८ हजार डोज खोप आईसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...