बैतडीमा सुरक्षित गर्भपतन गराउनेको सङख्या घट्दै

बैतडी  ।बैतडीमा सुरक्षित गर्भपतन गराउनेको सङख्या घट्दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय बैतडीले दिएको तथ्याङअनुसार जिल्लामा सुरक्षित गर्भपतन गाराउने महिलाको सङख्या घट्दै गएको हो । स्वास्थ्य कार्यालय बैतडीका अनुसार २०७५÷७६मा ७ सय७७ , ७६/७७ मा ५ सय ८१ र ७७ /७८ मा ५ सय ६५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यी मध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्ष मुनिका रहेका बताइएको छ । परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाहरुको सङख्यामा कमि आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताउनुभयो ।

९ ओटा संस्थाबाट गर्भपन सेवा

जिल्लामा ९ ओटा सुचिकृत संस्थाबाट सुरक्षती गर्भपतन सेवा प्रवाह भइरहेको बताइएको छ । ३ वर्ष अगाडी जिल्लाका २४ ओटा सुचिकृत संस्थहरुबाट सेवा प्रवाह भइरहेकोमा अहिले ९ ओटा संस्थाहरुबाट सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला अस्पताल बैतडी, सिद्धेश्वर स्वास्थयचौकी, पाटन प्राथमिक स्वास्थ्यकेन्द्र, विशालपुर स्वास्थयचौकी,शर्मालि स्वास्थ्यचौकी, हाट स्वास्थ्यचौकी, रिम स्वास्थ्यचौकी ,कोटपेटरा स्वास्थयचौकीर गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको हो । तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको अभावमा बाँकी संस्थामा सेवा बन्द रहेको हो । सुचिकृत संस्थाहरुमा तालिम प्राप्ता स्वास्थ्यकर्मीहरु नुहँदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखीम बढदै गएको छ । सुरक्षित गर्भपतनको अधिकारः मौलिक हक सुनिश्चिताको आधार’ भन्ने नाराका साथ आइतबार देशभर सातौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाइएको छ ।

याे पनि हेर्नुस्
Loading...