कुन उमेरमा जन्माइएको बच्चा हुन्छन् सबैभन्दा स्वस्थ ?

काठमाडौं – सामान्यतया बच्चा जन्माउने उपयुक्त उमेर भनेको २० वर्ष देखि ३० वर्ष उमेर समुह हो । २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउनु स्वास्थ्यको दृष्टिमा जोखिम समय हो । भने, ३० वर्ष पछि बच्चा जन्माउनु पनि स्वास्थ्यको हिसाबले गलत हो । २० वर्ष भन्दा पहिले र ३० वर्ष भन्दा पछि बच्चा जन्माउनु आमा र बच्चा दुबैको लागि खतरनाक हुन्छ ।

यदि महिलाको उमेर १९ वर्ष भन्दा कम रहेको छ भने ती महिलाले बच्चा जन्माउनको लागि केही समय कुर्दा नै राम्रो हुन्छ। उमेरले ३५ वर्ष नाघिसकेका महिलाबाट जन्मेका बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्तो जन्मजात बिकार आउने सम्भावना धेरै रहेको हुन्छ ।

२० देखि ३० वर्षको उमेरमा जन्माउनु स्वास्थ्यको लागि ६० गुणा बढी फाइदा रहेको छ ।

news center of article

१९ वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा पनि गर्भवती महिलामा मृत्यु हुने जोखिम बढी हुन्छ ।

उमेर बढ्दै जाँदा पुरुषको शुक्राणु बन्ने संख्यामा समेत कमी हुन्छ । यस्ता पुरुषबाट कमजोरी बच्चा बस्ने सम्भावना बढी हुन्छ । त्यस्तै बढ्दै गएको उमेरको कारण महिलाको अण्डाको गुणस्तरमा पनि ह्रास आउँछ ।

बढ्दो उमेर अतिरिक्त आधुनिक जीवनशैली, तनाव प्रदुषण जस्ता कारण तत्वको कारण प्रजननमा समेत असर पर्छ । उमेर बढेसँगै उच्च रक्तचाप, मधुमेह थाइराइड जस्ता समस्याहरु प्रजनन शक्तिको लागि बाधक बन्छन् । यस्तै धेरै उमेर भएका महिलको लागि गर्भसयमा ट्युमरको समस्या आउन सक्छ ।

याे पनि हेर्नुस्
Loading...