सेती प्रादेशीक अस्पतालमा थपिए १० संक्रमित, १ जनाको मृत्यु

अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा १० जना कोरोना संक्रमित थपिएका छन । मंगलबार ४० जनामा गरिएको पिसिआर परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबार अस्पतालमा ३ जना संक्रमित उपचारका लागी भर्ना भएका छन । हाल अस्पतालमा ८ जना कोरोना संक्रमित उपचाररत रहेकामा ६ जनाको आईसियुमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।

news center of article

यसैबिच मंगलबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका – २ का ४० वर्षिय पुरुषको मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

याे पनि हेर्नुस्
Loading...