कोरोना अपडेट : थप ८ हजार १७३ जना संक्रमित, २४६ जना संक्रमितको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण एकैदिन २४६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा र नेपाली सेनाले विभिन्न समयमा गरेको शव व्यवस्थापनको आधारमा २४६ जनाको मृत्यु भएको जनाएको हो।

news center of article

यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणबाट ८ हजार ६४ जनामा र एन्टीजेन परीक्षणबाट १०९ जनामा संक्रमण देखिएको हो।

याे पनि हेर्नुस्
Loading...