२४ घण्टामा ७६६४ संक्रमित निको भए, थपिने र मृत्यु हुने संक्रमित संख्या कति होला ?

काठमाडौँ – नेपालमा थप ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ९६५ पिसिआर नमूना र ९३१ एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यालाई संक्रमण देखिएको हो ।

आइतबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा १९३ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

ad

उनका अनुसार हाल एक लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ३४९ जना संस्थागत आइसोलेसनमा र एक लाख ८ हजार १९८ जना रहेका छन् । यस अवधिमा निको हुने संक्रमितको संख्या ७ हजार ६६४ रहेको प्रवक्ता डा. गौतमले बताए ।

२४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार भक्तपुर जिल्लामा ३६६ जना, ललितपुरमा ६९४ जना र काठमाडौँमा १ हजार ७६१ जनामा संक्रमण पुष्टी भएको हो । हाल नेपालमा ८७३ जना क्वारेन्टिनमा रहेका छन् भने कोरोना संक्रमण मुक्त हुने दर ७६.३ प्रतिशत रहेका छ ।

याे पनि हेर्नुस्
Loading...