चिनियाँ प्रयोगशालाबाटै कोरोना भाइरस फैलिएको दावी, अनुसन्धान गर्न बाइडेनको निर्देशन

काठमाडाैँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस कसरी उत्पत्ति भयो भन्नेकारे थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । अमेरिकी वैज्ञानिकहरुले यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका छन् ।

सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको डेढ वर्षसम्म पनि रहस्यमय बन्दै गएको छ । अमेरिकी वैज्ञानिकहरुले यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका छन् ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरसका बारेमा थप अनुसन्धान गरेर तीन महिनाभित्र प्रतिवेदन पेश गर्न आफ्ना वैज्ञानिकहरुलाई निर्देशन दिएका हुन् ।

news center of article

ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको बाइडेनको निर्देशनमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाले विश्वव्यापी समान विचारधारा भएका साझेदारहरूसँग पनि मिलेर काम गरिरहनेछ, ताकि पूर्ण दबाव, पारदर्शीता, प्रमाणमा आधारित अन्तर्राष्ट्रिय अनुसन्धानमा भाग लिन र सबै सम्बन्धित डाटा र प्रमाणहरूको पहुँच पुर्‍याउन चीनलाई दबाब दिन सकियोस् ।

वुहानको जनावर बेचबिखन गर्ने एक बजारबाट फैलिएको भनिएको यो भाइरस चमेरोबाट मानिसमा सरेको अनुमान गरिँदै आएको छ । तर यसको पनि कुनै पुष्टि भएको छैन ।

चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा जानकारी गराएको थियो । तर अमेरिकाले भने सूचना लुकाएको आरोप लगाएको थियो ।

याे पनि हेर्नुस्
Loading...