बाबुले गरे छोराको हत्या

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका– १२ चपरगौडीमा एक जनाले आफ्नै छोरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।

बिहीबार गर्धनमा हसिया प्रहार गरेर ६२ वर्षीय ठाकुरप्रसाद ओलीले १७ वर्षीया छोरा कृष्ण ओलीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले ठाकुरप्रसादलाई नियन्त्रणमा लिएको छ ।
घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

ad

छोरा लागूऔषधमा फसेको भन्दै घरमा विवादका भइरहेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका इनसपेक्टर होमप्रसाद चौधरीले भने, त्यही विषयमा विवाद बढ्दै गएपछि हत्या भएको देखिन्छ ।

याे पनि हेर्नुस्
Loading...