डोटीमा एक महिलालाई जिउँदै आगो लगाइयो

डोटी – डोटीमा एक महिलामाथि जिउँदै आगो लगाईएको छ । आदर्श गाउँपालिका – ४ रोडिङ्गे गाउँकी २८ बर्षीय लक्ष्मी भाटमाथि आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हो ।

आगोले जलेर गम्भिर घाईते भएकी भाटको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको डोटीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले जानकारी दिएका छन ।

news center of article

उनीमाथि राती करिब साढे १२ बजे आक्रमण भएको प्रहरीले जनाएको छ । अहिले घटनाको विस्तृत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेको पुगेको छ ।

याे पनि हेर्नुस्
Loading...