बैतडीः निषेधाज्ञाको समयमा व्यापारीहरुको मनोमानि,पसल दिनभरि खुला, मुल्य बृद्धि गरेर सामान विक्रि

बैतडी – बैतडीमा निषेधाज्ञाको समयमा व्यापारीहरुले मनोमानि ढङगले पसल खोल्ने गरेको गुनासो बढेको छ । कोरोना सक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्लामा निषेधाज्ञा जारी भएपनि व्यापारीहरुले नियम उलंघन गरेर दिनभरिनै पसल खोल्ने गरेका नागरिकरुले गुनासो गरेका हुन् । प्रशासनले पसलको हकमा निश्चित समय तोकेको भएपनि व्यापारीहरुले मनोमानि गर्ने गरेका नागरिकहरुको भनाइ छ ।

जिल्लाको पाटन नगरपालिका २ स्थित सिलङगा बजारका व्यापारीहरुले निषेधाज्ञाको अवज्ञा गदै पसल खोल्ने गरेका स्थानीय नागरिकहरुले जनाएका छन् । प्रशासनले निषेधाज्ञाको समयमा विहान ७ बजेदेखि ९ बजे सम्म मात्रै पसल खोल्न आग्रह गरेको छ । तर जिल्लाका अधिकाँश बजारहरुमा पसल दिनभरिनै खुला रहने गरेका नागरिकहरुको भनाइ छ । यस्तै निषेधाज्ञाको समयमा दैनिक उपभोग्य बस्तूको मृल्य वृद्धि गरेर विक्रि वितरण भइरहेको समेत त्यहाँका नागरिकहरुले बताएका छन् ।

news center of article

स्थानीयहरुले ८५ देखि ९० रुपयाँ सम्म पर्ने तेलको अहिले आफुहरुले १ सय २५ रुपयाँ तिर्नुे परेको गुनासो गरेका छन् । मंहगिको मारमा आफुहरु रहेपनि स्थानीय सरकाले महंगि नियन्त्रण गर्न कुनै पहल नगरेको उनिहरुको आरोप रहेको छ ।पाटनमा मात्रै नभइ जिल्लाका अन्य बजारहरूमा पनि निषेधाज्ञाको समयमा कोरोना माहामारीमा हेलचेक्य्राइ गरेर व्यापारीहरूले व्यापारलाइ नै प्राथमिकतामा राखेको गुनासो बढ्दो छ ।

यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने तोकेको समय बाहेक पसल खोल्ने , दैनिक उपभोग्य बस्तु्हरुको मुल्य बृद्धि गर्ने, कृत्रिम अभाव सिर्जना गरेर सामान बिक्री गर्ने जोकोहीलाई पनि कारर्बाही गरिने बताएको छ। व्यापारीहरुले निषेधाज्ञाको अवज्ञा गरेर व्यापार गर्न थालेपछि संक्रमण फैलिने भन्दै स्थानीय नागरिकहरू चिन्तीत बनेका छन् ।

याे पनि हेर्नुस्
Loading...