आफ्नै दाइको छोरी बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

 गुल्मी – आफ्नै दाइको छोरी बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ का १९ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

मङ्गलबार १० वर्षीया बालिकालाई लुकामारी खेल्न जाउँ भन्दै नजिकैको सार्वजनिक जङ्गलमा लगेर करणी गरेको अभियोगमा युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

news center of article

पीडित बालिकाकी आमाले घटनाको दुई दिनपछि आज प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना बाहिर आएको हो । उजुरीपछि युवकलाई इलाका प्रहरी कार्यालय, रिडीबाट प्रहरी निरीक्षक सुवराज बमको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो ।

याे पनि हेर्नुस्
Loading...