विवाह मण्डपमै बेहुलीको मृत्यु, बहिनीसँग बेहुलाले गरे विवाह, दिदीको मृत शरीर कोठामा राखेर आँगनमा गरे बहिनीको विवाह सम्पन्न

भारत – भारतको उत्तर प्रदेशमा विवाह समारोह चलिरहेको बेलामा निकै अनौठो घटना भएको छ । गत साता बिहीवार मंगेश कुमार र सुरभिको विवाह हुँदै गर्दा अचानक सुरभिको मृत्यु भयो ।

बेहुला बेहुलीले एकअर्कालाई माला लगाइदिँदै गर्दा सुरभि ढलिन् । उनलाई हृदयघात भएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेपछि बेहुला र बेहुली पक्षबीच सुरभिकी बहिनी निशालाई मंगेशसँग विवाह गराउने सहमति बन्यो।

सुरभिको मृत शरीरलाई एउटा कोठामा राखेर विवाह समारोह सम्पन्न गरियो । ‘मेरी एउटी दिदीको शरीर एउटा कोठामा राखिएको थियो भने अर्की दिदीले उनको स्थानमा रही भिनाजुसँग विवाह गरिन् । यस्तो अनौठो घटना देख्नुपर्‍यो,’ भाइ सौरभले बताए ।

‘यस्तो मिश्रित भाव एकैपटक कहिले पनि हामीले अनुभव गरेका थिएनौं । सुरभिको मृत्युले दिएको पीडा र निशाको विवाहले दिएको खुशी दिमागमा बसिरहेकै छैन,’ सुरभिका काक अजब सिंहले बताए ।

याे पनि हेर्नुस्
Loading...