करिब २१ लाख विद्युतीय सवारी चालक अनुमति पत्र वितरण

काठमाडौं । सरकारले २० लाख ८७ हजार ६८३ विद्युतीय सवारी चालक अनुमतिपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) वितरण गरेको छ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि फागुनसम्मको अवधिमा मात्र २ लाख ७४ हजार ३९२ अनुमतिपत्र वितरण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

गत आर्थिक वर्षसम्म १८ लाख १३ हजार २९१ वटा विद्युतीय सवारी चालक अनुमति पत्र वितरण गरिएको थियो।

याे पनि हेर्नुस्
Loading...