कृष्ण मन्दिरबाट मूर्ति चोरी

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मुर्ति चोरी भएको छ।

मुर्ति आइतबार चोरी भएको प्रहरीले जनाएको छ। मूर्ति चोरीको शंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घटनामा संलग्न शंकास्पद ३ जनालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

याे पनि हेर्नुस्
Loading...