चोरी मुद्दाका चार फरार अभियुक्त महिला पक्राउ

दाङ – चोरीको आरोपमा दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार चोरी गरि फरार रहेका चार महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दाङ देउखुरी अदालतले २०७६ साल वैशाख ३० गते सामूहिक चोरी मुद्धामा ५० हजार रुपैयाँ नगद जरिवाना र ८ महिना ७ दिन कैद सजाय फैसला सुनाइएका फरार चार महिलालाई जिल्ला प्रहरी कार्यालय दाङ्गको टोलीले पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ को ढोंडेनी भन्ने स्थानमा लुकिछिपी बसेका सोही स्थानकी ३६ वर्षीया शान्ति सुनार, २५ वर्षीया सन्तोषी नेपाली , ३६ वर्षीया चन्द्राकला सुनार र ३५ बर्षीया ज्योती दमाई रहेका छन् । उनीहरुलाई आजै अदालतमा पेश गरिएको जनाइएको छ ।

याे पनि हेर्नुस्
Loading...