कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला

धनगढी – कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–२ अमरपुरमा ३५ वर्षीय विशाल बुढाथोकीको शव सोमबार फेला परेका हो।

डेरा गरी बस्दै आएका उनको शव फेला पर्नु शंकास्पद रहेको स्थानीयले बताएका छन्। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए। घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि विशालसँगै बस्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले मृत फेला परेका बुढाथोकीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कर्यालय कैलालीका प्रहरी प्रवक्ता प्रतीक विष्टले बताए।

याे पनि हेर्नुस्
Loading...