हेटौंडामा नगद २८ हजार सहित ५ जना जुवाडे पक्राउ (नाम सहित)

चन्द्र बिष्ट/हेटौंडा । मकवानपुरको हेटौंडामा नगद २८ हजार सहत ५ जना जुवाडे पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित रुस्तम कोईरालाको डेरा कोठामा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा ४० वर्षीय कोईराला सहित डेरामै बस्ने ५४ वर्षीय अमर प्रधान,४० वर्षीय प्रकाश मानान्धर,३३ वर्षीय बिनोद घर्ती र चितवन भरतपुर महानगरपालिका वडा नंबर ६ बस्ने ४४ वर्षीय सुरेश पौडेल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई नगद २८ हजार र ६ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्‍वर रिमालले जानकारी दिए । पक्राउ परेका ५ जना माथि थप आवश्यक अनुसन्धान र कारबाही भइरहेको प्रवक्ता रिमालको भनाई रहेको छ ।

याे पनि हेर्नुस्
Loading...