फेसबुकको क्लबहाउस प्रतिस्पर्धी ‘लाइभ अडियो रुम्स’ अमेरिकामा सार्वजनिक

फेसबुकको क्लबहाउस प्रतिस्पर्धी अडियो वन्ली एप लाइभ अडियो रुम्स सोमबारबाट अमेरिकामा शुरु भएको छ।

कम्पनीका अनुसार सोमबारदेखि केही अमेरिकी मूलका सार्वजनिक व्यक्तित्व र केही समूहले फेसबुक आईओएस एपमार्फत् सोझै रुम होस्ट गर्न सक्नेछन्।

तर निमन्त्रितहरुले यसमा आईओएस र एन्ड्रोइड दुवै एपमार्फत् सहभागिता जनाउन सक्नेछन्। यसमा एकपटकमा बोल्नका लागि ५० जनासम्म जोकोहीलाई आमन्त्रण गर्न सकिन्छ। क्लबहाउसले भने आमन्त्रितको अधिकतम संख्या तोकिएको हुन्छ।

कम्पनीले यी बाहेक अन्य फिचरहरु पनि समावेश गरेको छ। यसमा फलोअर वा साथीले रुममा आएपछि नोटिफिकेशन आउने तथा लाइभ क्याप्शन आदि रहेका छन्।

यसमा सहभागी हुनका लागि ‘रेइज अ ह्याण्ड’ फिचर पनि रखिएको छ भने च्याटमा कुराकानी गर्दा प्रयोग गर्नका लागि रियाक्शनहरु पनि उपलब्ध छन्।

याे पनि हेर्नुस्
Loading...