बैतडीमा कोरोनाबाट एक जना वृद्धको मृत्यु

८ असार , बैतडी । बैतडीमा कोरोनाबाट एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्ला अस्पातल बैतडीमा उपचारत दशरथचन्द नगरपालिका वडा नं ५ का ८२ बर्षीय वृद्धको मंगलबार बिहान ४ बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

याे पनि हेर्नुस्
Loading...