खानेतेलको ग्यालीनमा लागूऔषध, एक जना पक्राउ

चन्द्र बिष्ट/हेटौंडा – खानेतेलको ग्यालीनमा लागूऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बिराटनगर १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको ग्यालीनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।

पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...