घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

९ असार, काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला ३०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि आज ५ रुपैयाँले घटेको छ । साताको कोरोबारको चौथो दिन आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...