पुर्चौडी नगरपालिकाको बजेट ६१ करोड १३ लाख ९९ हजार

१०,असार बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले अगामी आर्थिक बर्षका लागी ६१ करोड १३ लाख ९९ हजार बराबरको बजेट ल्याएको छ । बिहिबार नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले नबौ नगरसभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् । “उज्यालो पुर्चौडी नगरबासीको चाहना, विकास र समृद्धि नगर सरकारको परिकल्पना ”भन्ने नाराका साथ पुर्चौडी नगरपालिकाले पनी अगामी बर्षको निति तथा कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख रण बहादुर कुवँरले जानकारी दिनुभयो ।

याे पनि हेर्नुस्
Loading...