कोपा अमेरिका स् चिलीमाथि पाराग्वेको सहज जित

एजेन्सी । कोपा अमेरिकामा पाराग्वेले चिलीमाथि सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पाराग्वेलाई सहज जित दिलाउनको लागि ब्राइअन सामु र मिगुइल अल्मिरोनले गोल गरे । चिलीले एक गोल पहिलो हाफमा र अर्को दोस्रो हाफमा गरेको थियो ।

खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । उनले अल्मिरोनको कर्नरमा हेडरमार्फत गोल गरेका थिए ।

५८ औं मिनेटमा मिगुइल अल्मिरोनले पेनाल्टीमा गोल गर्दै पाराग्वेको अग्रता दोब्बर पारे । गेरी मेडेलले पेनाल्टी बक्समा कार्लोस गोन्जालेजलाई फउल गरेपछि रेफ्रीले पाराग्वेलाई पेनाल्टी प्रदान गरेको थियो ।

यो जितसँगै पाराग्वे समूह ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ । समान खेल खेलको अर्जेन्टिा ७ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित चिलीले ४ खेलबाट ५ अंक जोडेको छ ।

चौथो स्थानमा रहेको उरुग्वेले ३ खेलबाट ४ अंक जोड्यो । एक खेल बाँकी रहेको बोलिभिया अंकविहीन हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

याे पनि हेर्नुस्
Loading...