सुमो पल्टिदा चालक सहित ५ जना घाईते

चन्द्र बिष्ट/हटौंडा । मकवानपुरको हेटौंडामा यात्रु बहाक सुमो पल्टिदा चालक सहित ५ जना घाईते भएका छन् ।

गएराति पौने १० बजे हेटौंडा-९ पशुपतिनगरको मास्टरचोकमा हेटौंडा तर्फ आउँदै गरेको सुमो ना १ ज १९०३ नंबरको सुमो आफै अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ

दुर्घटनामा ५ जना घाइते भएको र उनिहरुको हेटौंडाको सन्चो अस्पतालमा उपचार भइरहेकोमा हाल स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्थानीय अनुसार गएराति मास्टरचोकमा यात्रु उठाउन तिब्र गतिमा आएको सुमो अनियन्त्रित हुँदा पल्टिएको हो ।

कोरोनो संक्रमण जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सवारी चलाउन अनुमति नदिएको अवस्थामा रातको समयमा हेटौंडाबाट काठमाण्डौ यात्रु ओसारपसार गर्ने गरेको पाईएको छ ।

याे पनि हेर्नुस्
Loading...