जेठा बुबाको मलामी गएका धामी घर फर्केन्न, बेपत्ता भएको १० दिन पछि सब फेला

बझाङ – बझाङमा भीरबाट लडेर बेपत्ता भएका दुर्गाथली गाउँपालिकाका वडा नं ३ रकैलका ४३ वर्षीया मीन बहादुर धामीकाे सब फेला परेको छ ।

गत असार ३ गते देखि बेपत्ता भएका धामी शनिबार स्थानीयले खाेजि कार्यकाे क्रममा धवलावन भिरमा सब फेला परेको हाे । सब खसेको ठाउँबाट लगभग ४ सय मिटर तल पुगेको घटना स्थलबाट तुलराज धामीले बताए।

उनका अनुसार शनिबार बेलुका ५ बजे सव फेला परेको थियो,भिर ठुलाे, अप्ठ्यारो ,डाेजरले खनेकाे र माटाेले सब पुरिएकाे हुनाले पुरै निकाल्न नसकेको तुलराज धामिले बताए।

धामी गत असार ३ गते जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा स्थानीय धउलावन भीरबाट लडेर बेपत्ता भएका थिए।

घटना स्थलतर्फ अहिले इनिस्पेक्टर देबराज भण्डारीकाे टाेलि गइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बताउनु भएको छ ।

धामीकाे बेपत्ता भएको दिन देखिनै खाेजि कार्य भइरहेको थियोे । शनिबार १० दिन पछि सब फेला परेकाे हो ।

याे पनि हेर्नुस्
Loading...