मकवानपुरमा सवारी दुर्घटना: एकको मृत्यु, पाँच घाईते

चन्द्र बिष्ट/हेटौंडा – मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउँपालिका वडा नंबर ९ खरङ्गामा मोटरसाईकल दुर्घटना हुँदा महोत्तरीको मनरा गाउँपालिका वडा नंबर २ का अन्जादी ३० वर्षीय अंशु कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

शनिबार दिउँसो मनहरीबाट हेटौंडा आउँदै गरेको लु १५ प ३७४३ नंबरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा सिंह गम्भिर घाईते भएका थिए । उनको चुरेहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति हेटौंडा उपमहानगरपालिका वडा नं.९ पशुपतिनगरमा हेटौंडातर्फ आउँदै गरेको सुमो ना १ ज १९०३ नंबरको सुमो आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन् । दुर्घटनामा घाइते भएका ५ जनाको हेटौंडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...