बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

८ असार, बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–११ धामीलेकमा घाँस काट्ने क्रममा २८ वर्षीय महेश्वरी जोशी भिरबाट लडेकी थिईन्।

भिरबाट लडेर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको थियो। उपचारका क्रममा जोशीको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए।

news center of article

घर नजिकै रहेको तिनतोशी भीरमा घाँस काट्न गएकी जोशी बिहीबार साँझ लडेर गम्भीर घाइते भएकी थिइन् ।

याे पनि हेर्नुस्
Loading...