रामारोशन पर्यटन विकाश तथा व्यवस्थापन समितीद्धारा गुरुयोजना निर्माण सम्बन्धी जिल्लाका सरोकारवालासंग छलफल

नया संरचना निर्माण भन्दा स्वनीर्मीत सम्पदाको संरक्षणमा जोड

८ साउन, अछाम । रामारोशन पर्यटन विकाश तथा व्यवस्थापन समिती अछामले जिल्लाका सरोकारवालाहरुसंँग छलफल गरेको छ । रामारोशन क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापनका लागी निर्माण भईरहेको गुरुयोजना निर्माण सम्बन्धी समीतीले आज शुक्रबार सरोकारवालाहरुसँग छलफल गरेको हो ।

रामारोशन पर्यटन विकाश तथा व्यवस्थापन समिती अध्यक्ष चक्र बहादुर रावलको अध्यक्षतामा भएका कार्यक्रममा मंगलसेन नगरपालीकाका नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतीथी रहनुभएको थीयो भने प्रमुख जिल्ला अधीकारी रुद्र बहादुर मल्ल विशीष्ट अतीथी रहनुभएको थियो ।

बिएस कन्सल्र्ट एण्ड कन्ट्रयाक प्राली धनगढी कैलालीको आयोनामा भएको छलफल कार्यक्रमका सहभागी सरोकारवालाहरुले पर्यटन विकासको नाममा प्राकृतीक रुपमा भएका सम्पदा तथा जैविक विविधतालाई ध्यानमा राखेर काम गर्न सुझाव दिएका छन् ।

news center of article

उनीहरुले नया संरचना निर्माण गर्नुभन्दा प्रकृतीकै वरदान स्वरुप प्राप्त भएका जैविक, भौतीक तथा प्राकृतीक सम्पदालाई संरक्षण गरी कसरी राम्रो वनाउन सकिन्छ, त्यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

रामोराशन भौगालीक विकट तथा विभीन्न सेवासुविधाबाट टाढाको क्षेत्र भएकाले सुरक्षाको व्यवस्था तथा स्थानीय उत्पादनलाई वजारीकरण, स्थानी जनशक्तीलाई रोजगारीको पहिलो प्राथमीकता लगायत अछामी जनाताले अभास गर्ने गरी गुरु योजना बनाईनुपर्नेमा उनीहरुको जोड छ ।

रामोराशन पर्यटकीय दृष्टीले सुदुरपश्मिको एक प्रमुख गन्तव्य मानीन्छ । जहाँ १२ बण्ड १८ खण्ड रहेका छन् । रामारोशनका प्राकृतीक सम्पदा तथा संरचनालाई प्रचार प्रशार मात्रै गर्न सकीयो भने पनि नागरीकको जिवनस्तर उकास्न धेरै सजिलो हुने देखीन्छ । छलफल कार्यक्रममा जिल्ला स्थीत सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख एवं प्रतीनीधी, राजनीतीक दललका प्रमुख एवं प्रतीनीधी, सुरक्षाकर्मी, पत्रकार लगायको सहभागीता रहेको थियो।

याे पनि हेर्नुस्
Loading...