प्राज्ञिक विद्यार्थी परिषद डडेलधुराद्वारा बृक्षारोपण

९ साउन, डडेल्धुरा । प्राज्ञिक विद्यार्थी परिषद नेपाल डडेल्धुराद्वारा अमरगढी नगरपालिका ३ मा रहेको अशिग्राम मन्दिर परिसर निर्माणाधीन घटालथान पार्कमा वृक्षारोपण गरिएको छ ।

बिभिन्न ८ प्रजातिका अमला, राजवृक्ष (आरग्बद), कागती, तेजपात, देवदार, सतावरी, लिप्टिस, अमृता (गुडुची) ७० वटा वृक्षहरुको रोपण गरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

news center of article

प्राकृतिक सौर्न्दर्यतालाई सन्तुलन बनाई राख्नको लागी तथा माटो हावा वातावरणलाई स्वच्छ बनाई राख्नका लागी वृक्षारोपणको अत्यन्त महत्व रहेको छ। बर्तमान अवस्थामा बढ्दो कलकारखाना, अव्यवस्थित फोहरमैलाले र वन-जंगलको फडानिका कारण प्रदुषण बढुनुका साथै, भु-क्षय, बाढी-पहिरोको पनि उच्च जोखिम रहदै आएको छ । सोलाई मध्य नजर गर्दै पर्यावरणिय स्वच्छताका लागि र हरियो बन नेपालको धन भन्ने भावलाई जिबन्त राख्न बृक्षारोपण गरिएको परिषदका जिल्ला संयोजक सन्दिप महराले जानकारी दिनुभयो।

विद्यार्थी ,शिक्षक ,शिक्षाबिदहरुको सामुहिक संगठन प्राज्ञिक विद्यार्थी परिषद नेपालले आफ्नो स्थापना काल देखि नै यस्ता ,रचनात्मक गतिविधि गर्दै आईरहेको छ ।

याे पनि हेर्नुस्
Loading...