हङकङमा हाइकिङ गएका २३ वर्षीया नेपाली युवतीको मृत्यु

काठमाडौं । हङकङमा हाइकिङ गएकी २३ वर्षीया नेपाली युवतीको शनिबार साँझ मृत्यु भएको छ। चुन वानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको एजेन्सीहरुले जनाएका छन्। मृत्यु हुनेमा युन लङमा बस्ने २३ वर्षीया नेपाली युवती बिनिता गुरुङ (नेहा) रहेकी छन्।

उनीहरु दुई जना हाइकिङ गएको बताइएको छ। साथी बेपत्ता भएपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउन साथ त्यहाँ पुगेको उद्धारकर्मीले बेपत्ता भएकी विनितालाई अचेत अवस्थामा पानीमुनि फेला पारेका थिए।

news center of article

उनलाई प्राथमिक उपचारसहित तत्कालै एम्बुलेन्समा हालेर यान चाई अस्पताल लगिएको थियो। चिकित्सकले विनितालाई अस्पतालमा मृत घोषित गरिएको हो।

याे पनि हेर्नुस्
Loading...