धनगढीमा ट्राफिक प्रहरीले सडकमा छाडा छोडिएका चौपायाहरुमा ‘रिफ्लेक्टिव बेल्ट’ अभियान

१० साउन, धनगढी । कैलालीका सडकमा छाडा रुपमा छोडिएका पशु चौपायाका कारण सडक दुर्घटना बढेको भन्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोष्ट गेटा प्रमुख प्र.स.नि.राजेन्द्र बहादुर बिष्ट समेतको टोलिले टल्कने स्टिकर ‘रिफ्लेक्टिव बेल्ट’ लगाउने अभियान थालेको छ ।

news center of article

धनगढी–अत्तरिया ६ लेन सडक खण्ड तथा बजार क्षेत्रमा रहेका छाडा चौपयामा रिफ्लेक्टिव वेल्ट लगाईएको हो । राति चौपायाहरु सडकमा आउने र सवारी चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेकोमा दुर्घटना न्युनिकरणका लागि यो अभियान थालेको बिष्टले बताए।

याे पनि हेर्नुस्
Loading...