कैलालीको प्रहरी पोष्टमै ‘दारु पार्टी’, इन्चार्ज भन्छन्, ‘चिसो मात्र खाएका हौँ’

धनगढीः शनिबार राति ८ बजे दिनेश खबरलाई फोन आयो। फोनबाट एक युवा भन्दै थिए, ‘लालपुरतिर आउन भ्याउनु हुने हो रु कैलालीको एक प्रहरी कार्यालयको छतमा दारु पार्टी हुँदैछ।’

काठ तस्कर र नदीजन्य पदार्थ उत्खनन गर्दै आएका स्थानीय युवाको एक समूहसँग मिलेर प्रहरी पोष्टको छतमा मदिरा पार्टी भएको ती युवकले बताए। उनले भन्दै थिए, ‘५र७ पटक पार्टी भइसक्यो। आज पनि पार्टी छ।’

गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको बड्याहा अस्थायी प्रहरी पोष्टमा इन्चार्ज प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीले स्थानीय युवालाई प्रहरी कार्यालयको छतमा बोलाएर पार्टी दिएको ती युवकको दाबी छ। प्रहरी कार्यालयले बरामद गरेको ३ सय लिटर अवैध मदिराबाट दैनिक पार्टी हुँदै आएको दाबी गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले उक्त सूचना पाएपछि तत्काल इलाका प्रहरी कार्यालय मालाखेतीको टोली पठाएका थिए।

ad

प्रहरी उपरीक्षकको निर्देशनपछि मालाखेती प्रहरी कार्यालय अत्तरियाबाट प्रहरी निरीक्षक उमेश चन्दको टोली बड्यहा पुगेको थियो। ‘म बड्यहा पुग्दा त्यस्तो कुनै पार्टी भइरहेको थिएन्, तर केही व्यक्तिलाई खाना खुवाएको भने इञ्चार्जले स्वीकार गरेका छन्‘ चन्दले भने। स्रोतका अनुसार इलाका प्रहरी कार्यालयबाट टोली पुगिरहेको खबर पोष्ट इञ्चार्ज बोगटीले पहिले नै पाइसकेका थिए। ‘सो खबर पाएपछि युवाहरुलाई पोष्टबाट बाहिर पठाइएको हो,’ स्रोतले भन्यो।

यता पोष्टका इञ्चार्ज बोगटीले कार्यालयमा पार्टी नभएको दाबी गरे। ‘एक पुलको काम सकिएको थियो। चिसो पेय पर्दाथ मात्र खाएका  हौँ,’ उनले भने। -दिनेशखबरबाट

याे पनि हेर्नुस्
Loading...