प्रदेशीको पिडामा आधारित “नरोए आमा” गित श्रावण १५ गते सार्बजनिक हुदै

बैतडी साउन ११ : डेउडा गायक जे आर भट्ट को लय, शब्द, संगीत र आवाज रहेको “नरोए आमा” गीत श्रावन १५ गते रिलिज हुने भएको छ प्रदेशीको यथार्थ पिडालाई उत्कृष्ट शब्दसङ्गित र आफ्नै मनछुने अभिनय मार्फत उहाले प्रस्तुत गर्न खोजेको छ ।

उक्त गित विशाल बोहराले रेकर्डिङ बिस्णु तामाङले एरेन्ज र रबिन थापाले मन्जरी स्टुडियोमा मिक्सिङ गरेका छन । श्रीराम फिल्म प्रालिको उत्पादनमा रहेको उक्त भिडियोमा सुरेन्द्र सङ्गले निर्देशन , अमित विकले छायांकन तथा सम्पादन, हिक्मत पाठकले सह छायांकन गरेका छन ।

news center of article

यो भिडियोको लागि समाजसेवी भोजराज जोशी (क्वालिटि) बैतडीका युवा नेता संकर भन्डारी ,कपिल केसी, किसोर बोहरा र भुवन कार्कीले विशेष पहलमा गरिएको छ । गितको शब्द सङ्गीत अभिनय घरदेस र प्रदेशको पिडालाइ कलात्मक ढङ्गबाट राम्रोसँग प्रस्तुत गरिएकाले गितलाइ धेरैले मन पराउने समाजसेवी भोजराज जोशी क्वालिटी र गायक भट्टले बिस्वस्त रहेको बताएका छन । यस गीतको भाग २ को पनि पुर्ण तयारी भैसकेको र छिट्टै छायांकन हुने गायक भट्ट्ले बताएका छन

बैतडी जिल्ला पाटन नगरपालिका वडा नं ९ किचारमा जन्मीएका गायक जेआर भट्ट पछिल्लो समय गायन क्षेत्रमा अब्बल रुपमा प्रस्तुत हुदै आईरहेका छन।

याे पनि हेर्नुस्
Loading...