ओलम्पिक फुटबल : ब्राजिल र मेक्सिको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा ब्राजिल र मेक्सिको सेमिफाइनलमा भिड्ने भएका छन् । शनिबार भएको क्वार्टरफाइनल खेल जित्दै ब्राजिल र मेक्सिकोले सेमिफाइनल भेट पक्का गरे ।

शनिबारकै क्वार्टरफाइनल खेलबाट स्पेन र आयोजक जापान सेमिफाइनल पुगिसकेका छन् । पाँच वर्षअघि आफ्नै मैदानमा भएको रियो ‌ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलले इजिप्टलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

news center of article

ब्राजिलका लागि माथेउस कुन्साहले एक मात्र गोल गरे । उनले खेलको ३७ औं मिनेटमा रिचार्लिसनको पासमा गरेको गोल निर्णायक बनेको हो ।

यस्तै चौथो क्वाटरफाइनलमा मेक्सिकोले दक्षिण कोरियालाई ६-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निसान स्टेडियममा भएको खेलमा मेक्सिकोका लागि हेनरी मार्टिन र फ्रान्सिस्को कोर्डोभाले दुई(दुई गोल गरे भने लुइस रोमो र एडुअर्डो अगुएरेले समान एक गोल गरे । दक्षिण कोरियाका लागि डोङ केयोङ लिले दुवै गोल गरे ।

याे पनि हेर्नुस्
Loading...