पहिरोले खोडपे–बझाङ सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

बैतडी : जयपृथ्बीराजमार्ग अन्तरगतको खोडपे–बझाङ सडकखण्ड अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका- ८ झौलेक मोडमा पहिरो गएपछि सडकखण्ड अवरुद्ध भएको हो ।

सडक तलबाट पहिरो गएपछि आज विहानदेखि आवतजावत ठप्प भएको खोड्पे प्रहरी चौकीका प्रहरी हवल्दार समिर चन्दले बताउनुभयो । सडकको तल्लो  भागबाट ठुलो पहिरो गएपछि पुनर निर्माण गर्न अझै दुईतीन दिन सम्म पनि लाग्न सक्ने चन्दले बताउनुभयो । “पहिरो तलैबाट गएको छ । उहाले भन्नुभयो, साघुरो सडक भएकाले एक दुई दिनभित्र सम्पन्न हुने सम्भावना कम छ ।”

news center of article

सडक अवरुद्ब हुदा आवजावतमा निकै समस्या  छ हामिहरु पनि एक ठाउँबाट आएको गाडीहरुका यात्रु  अर्को ठाउँबाट आएका यात्रु संग साटासाट गरेर आवजजावत भईरहेको हुदा गन्तब्य स्थल सम्म पुग्न समस्या नभएको एक जान यात्रु दिपेन्द्र बहादुर मडै बताउछन।

याे पनि हेर्नुस्
Loading...