अनेरास्ववियु बैतडीद्बरा प्रधानमन्त्रिलाई पाँचबुदे ज्ञापन पत्र

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थि युनियन बैतडीद्बारा सोमबार जिल्ला प्रशासन कार्यालय बैतडी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाईएको छ।

भारतीय SSB द्वारा नदिमा खसाली बेपत्ता पारिएका जय सिह धामीको न्यायको लागि आबस्यक कार्बाही अगाडि बढाउनको निम्ति , MCC खारेजीको लागि , बैतडी मेलौली नगरपालिकामा मारेर फालिएकि गिता चन्द मल्लको न्यायको लागि , बिध्यार्थी र शिक्षकलाई खोपको प्रबन्ध गरि तुरुन्त शैक्षिक किर्यकलाप सुचारु गर्न तथा इसिडी र बिध्यालय कर्मचारीको न्युनतम पारिश्रमिकको ब्यवस्थापन लगायतका विविध बिसयमा ध्यानाकर्षणको लागि बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा ज्युलाई जिल्ला प्रशासन कार्यालय बैतडी मार्फत ज्ञापनपत्र बुझाएको जानकारि अनेरास्वबियु बैतडीका सह सयोजक नरेन्द्र साउदले बताएका छन।

news center of article

अनेरास्वबियु बैतडीका संयोजक सन्तोस रानाद्बरा हस्ताक्षर गरिएको ज्ञापन पत्र केहिबेर भारतिय रबैया मुर्दाबाद, भारतीय दलाल मुर्दाबाद लगायतका नाराबजि गर्दै थुप्रै बिधार्थिहरुको उपस्थिमा जिल्ला प्रशासन कार्यालय बैतडी मार्फत ज्ञापन पत्र प्रधामन्त्रिलाई पठाईएको हो।

ज्ञापन पत्र

याे पनि हेर्नुस्
Loading...