Khabar Board

स्याङ्जामा चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु, एक घाइते

स्याङ्जाको वालिङ-१० भकुण्डेमा आज दिउँसो चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ । पर्वतको पैयूँ गाउँपालिका-५ घर भई हाल वालिङ-१० भकुण्डेमा डेरा लिई बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ-१२ सिर्सेकोट घर भएकी रनमाया गुरुङका १६ महिनाका छोरा साईमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक र प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.